Friday, June 21, 2024

प्रदेश सांसद भट्टराई द्वारा बिकाश निर्माणको अनुगमन

पछिल्लाे समाचार


रौतहट ७ जेठ । मधेस प्रदेश सरकारका निबर्तमान मन्त्री एवम् रौतहट क्षेत्र नम्बर- ४ (क) बाट निर्वाचित सांसद युबराज भट्टराई (समीर) ले बिकाश निर्माणको अनुगमन गरेका छन ।


प्रदेश सांसद भट्टराईको पहलमा संचालन भैइरहेका विभिन्न स्थानको निर्माणाधीन बिकाश आयोजना हरुको अनुगमन गरिएको हो ।
उनले चन्द्रपुर नपाको जुडिबेला, मुल सडक,रैयाटोल रिङरोड,पैनिटोल पुल,पुलिस चौकि,बर्थिङ सेन्टर,गुरुङ टोल सडक कालोपत्रे,कप्तानटोल नाला,भोलनटार बनदेबी बिद्यालय लगायत बिभिन्न बिकास निर्माण काे अनुगमन गरेका छन ।


निर्माणका काम समयमै सम्पन्न गर्नको लागि सम्बन्धित जिम्मेवार ब्यक्तिहरु छलफल गरेको र काम गुणस्तरिय र समयमै सम्पन्न गर्नका लागि निर्देशन दिएको निवर्तमान प्रदेश मन्त्री भट्टराइले जानकारी दिएका छन ।
अनुगमनमा वडा अध्यक्षहरु,जन प्रतिनिधीहरु,माओवादी केन्द्रका नेताहरु, स्थानिय अगुवाहरु को सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु