Friday, June 21, 2024

फरार अभियुक्त पक्राउ

पछिल्लाे समाचार

रौतहट ८ जेठ ।संगठित अपराध, अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।
बि.स. २०७८ पुस २० गते साझ जिल्ला रौतहट गौर न.पा.वडा नं.३ बस्ने बर्ष २७ को रोहित कुमार जैसवाललाई प्रतिवादी जिल्ला रौतहट गौर न.पा.वडा नं.५ बस्ने बर्ष ५८ को राजु मिश्र समेतले फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई कर्तव्य गरी मारी शव जुटको बोरामा हाली नन्दवारा पुल मुनि फालेको संगठित अपराध,अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा वारदात प्रश्चात फरार रहेकाेमा जिल्ला अदालतबाट वारेन्ट सहितको पक्राउ पुर्जी समेत जारी भएका प्रतिवादीहरु गौर न.पा.वडा नं. ५ बस्ने बर्ष ५८ को राजु मिश्रलाई प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जेठ ६ गते बिहान गौर न.पा.वडा नं.१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिक पक्राउ परेका छन ।
मिश्रलाई आवश्यक कारवाहीको लागि जिल्ला सरकारी वकिल कार्यालय रौतहट मार्फत जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि गौर कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु