Sunday, January 26, 2025

बेतौनामा डिप बोरिङ संचालनमा आएपछि किसान हर्षित

पछिल्लाे समाचार


चन्द्रपुर ७ जेठ । खेती गर्न सहज बनाउने उद्देश्यले चन्द्रपुर नगरपालिका वडा नम्बर ६ को बेतौनामा डिप बोरिङ संचालनमा ल्याईएको छ ।
वडाध्यक्ष सहदेव केसीले डिप बोरिङ सञ्चालनमा आएको र त्यस क्षेत्रका किसान लाई खेती गर्न सहज हुने बताएका छन ।
तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत डीप बोरिङ चन्द्रपुर ६ बेतौनामा स्थापना गरिएको हो ।
बेतौनामा डिप बोरिङ सञ्चालनमा आएसँगै किसान हर्षित भएका छन ।
सो क्षेत्रमा सिँचाइ अभावमा उत्पादन कम हुने गरेको थियो । सिँचाइ गर्न डिप बोरिङ सञ्चालन भएपछि स्थानीय खुशी भएका छन् ।
पहिले सिँचाइका लागि नहर र आकासे पानीको भर पर्नुपर्ने यस क्षेत्रका किसानलाई सिँचाइको सुविधा भएपछि हर्षित भएका छन ।
सिचाइ अभावकै कारण जमिन बाँझो राख्नुपर्ने तथा कम उत्पादन हुने समस्या अबका दिनमा हट्ने वडाअध्यक्ष केसीको भनाइ रहेको छ ।
तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत करिब ५० लाखको लागतमा निर्माण गरिएको सो डिप बोरिङ ४ सय ५१ फिट जमिन मुनिको पाइप गाडिएको छ ।
तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत नै चन्द्रपुर–६ काे शान्तिनगर र मोथियाहीमा चाडै डिप बोरिङ राख्ने योजना रहेको वडा अध्यक्ष केसी ले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु