Friday, July 19, 2024

मेयर कुर्मी माथी दुर्व्यवहार भएको भन्दै घटनाको भर्त्सना

पछिल्लाे समाचार


रौतहट ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) रौतहट र बृन्दाबन नगर कमिटिले बृन्दाबनका मेयर बिनोद प्रसाद कुर्मी माथी भएको दुर्व्यवहारको भर्त्सना गरेको छ ।
जेठ ८ गते मंगलवार दिउसो ४ बजे विभिन्न विकास निर्माण कार्यहरुको अनुगमन गरि फर्कने क्रममा वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मीलाई वृन्दावन नगरपालीका वडा नं. १ को रामपुर टोल देखि पुर्व वाटोमा केही जनप्रतिनिधिहरु सहितले मेयर कुर्मी माथि सांघातिक हमला भएको भन्दै घटनाको घोर निन्दा तथा भर्त्सना गरेको जनाएको छ ।
विकास निर्माण लगायतको कामहरु अनुगमन गर्ने क्रममा गुणस्तरहीन काम देखिने र काम नगरि खाने प्रवृत्ति भएका समुहले मेयरले अनुगमन गर्दा गुणस्तरहीन देखिने र आफ्नो कर्तुत सार्वजनिक हुने त्रासले मेयरलाइ बाटो छेक्ने, ढुंगामुढा गरि सवारी साधन तोडफोड गरि क्षति पुर्याउने जस्ता आपराधिक क्रियाकलाप गर्नेहरु लाई कडा भन्दा कडा कारवाहीको लागि प्रशासन माग गरेको र यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाही नभए आन्दोलनमा उत्रने सो पार्टीका बृन्दाबन नगर कमिटीका अध्यक्ष सुरेन्द्र प्र. पटेलले जनाएका छन ।


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी, रौतहटले पनि घटनाको भर्त्सना गरेको छ ।वृन्दावन नगरपालिका मेयर विनोद प्रसाद कुर्मीलाइ वाटो छेक्ने, ढुंगामुढा गरि सवारी साधन तोडफोड गरि क्षति पुर्याउने आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाही नभए आन्दोलनमा उत्रने सो पार्टीका जिल्ला कमिटी, सचिव मदन प्रसाद सापकोटाले बिज्ञप्ती मार्फत जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु