Friday, June 21, 2024

श्रोत नखुलेको रकम बरामद

पछिल्लाे समाचार


रौतहट, ८ जेठ । इशनाथ नगरपालिकाबाट श्रोत नखुलेको रकम सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, प्रहरी चौकी मठिया महुलियाबाट खटिएकाे प्रहरीले इशनाथ नगरपालिका वडा नम्वर ४ लत्तमरीमा चेकप्वाइन्ट थापेर चेकजाँच गर्दै गर्दा बिआर ०५ एएन८११७ नम्वरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको शरिर खानतलासी गर्दा दुई लाख ९ सय ६० नेपाली र ७ सय ६५ रुपैया भारतीय रुपैया बरामद भएको जनाएको छ ।
बरामद रकमको श्रोत खुलाउन नसक्दा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
इशनाथ नगरपालिका वडा नम्वर ५ का ३१ बर्षिय सन्तोष कुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
श्रोत नखुलेको रकम, मोटरसाइकल सहित साहलाई गौर भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु