Friday, July 19, 2024

किराना समान तथा कपडा बरामद

पछिल्लाे समाचार


रौतहट २२ जेठ । भन्सार छली ल्याउँदै गरेको सामान बरामद प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर न.पा वडा नं.१ स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राएको किराना र लत्ताकपडा लगायतका सामान बरामद गरेको छ ।
मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले समान बरामद गरेको हो ।
समान छोडेर मानिस मोटरसाइकल लिइ भागी फरार भएको र वेवारिसे अवस्थामा रहेको ४७ हजार ५ सय बराबरको किराना सामान र लत्ताकपडा स्थानियको रोहवरमा बरामद गरी गौर भंसार कार्यालय रौतहटमा बुझाएको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु