Monday, May 19, 2025

चन्द्रपुरमा कटुवा पेस्तोल बरामद

पछिल्लाे समाचार


रौतहट २७ जेठ । चन्द्रपुर नगरपालिका–४ मा आइतबार प्रहरीले एकथान पेस्तोल र गोली बरामद गरेको छ । स्थानीयले सूचना दिएपछि प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल फेला पारेको हो ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको कमाण्ड मा खटिएको टोलिले चन्द्रपुर–४ स्थित मुस्लीमटोल नजिक बाटोमा फ्याँकिएको अवस्थामा एकथान कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।
स्थानीय मोहम्मद अफरोज आलमले आफ्नै घरसँगै जोडिएको छिमेकी श्रीनिवास पटेलको खाली जमिन सफा गर्ने क्रममा झाडीमा सिमेन्टको बोराले बेरेर राखेको कटुवा पेस्तोल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बोराभित्रको कटुवा पेस्तोलमा गोली लोड गरिएको अवस्था भेट्टिएको प्रहरीले जनाएको छ । ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी गौरव महतले बन्दुक बेवारिसे अवस्थामा भेटिएको र अनुशन्धान भैरहेको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु