Friday, July 19, 2024

चन्द्रपुरमा फुटवल प्रतियोगिता को उद्घाटन

पछिल्लाे समाचार


रौतहट ६ असार /स्वर्गीय शेरबहादुर दर्लामी स्मृति एन्फा ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ को बिहिवार उद्घाटन भएको छ ।
रौतहट जिल्ला फुटबल सङ्घको आयोजनामा फुटबल प्रशिक्षक स्वर्गीय शेरबहादुर दर्लामी स्मृति एन्फा ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ को उद्घाटन भएको छ ।


मधेश प्रदेश सरकार का खेलकुद तथा सामाजिक विकास मन्त्री प्रमोद कुमार जयसवालले प्रतियोगिताको उद्घाटन गरेका छन ।
मधेश प्रदेश मा कृषि, उधोग , पर्यटन सगसगै खेल क्षेत्रलाइ पनि अगाडि बढाउने सरकारको नीति रहेको मन्त्री जयसवालले धारणा राखेका छन ।
चन्द्रपुर ६ स्थित शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा एन्फा ए डिभिजन लिग फुटबल प्रतियोगिता शुरु भएको हो ।
कार्यक्रमको अध्यक्षता फुटवल संघका अध्यक्ष भगवान दर्लामीले गरेका छन भने उद्घाटन कार्यक्रमको सन्चालन महासचिव मधुसूदन धितालले गरेका थिए ।


सो प्रतियोगितामा चन्द्रपुर का विभिन्न टिम सहभागी हुने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा राजनैतिक दलका स्थानिय अगुवा हरु, खेलप्रेमीहरु, को उपस्थिती रहेको थियो ।
प्रतियोगिताको उद्घाटन अघि मन्त्री जयसवाल, एमाले मधेश प्रदेशकी उप सचिव आरति भण्डारी, वडा अध्यक्ष रवि राना मगर, वडा सदस्य बिनोद सिटौला लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु