Friday, July 19, 2024

चन्द्रपुरमा विश्व योग दिवश मनाइयो

पछिल्लाे समाचार


चन्द्रपुर ७ असार /
” आफू र समाजका लागि योग “भन्ने मुल मन्त्रका साथ शुक्रवार बिश्व योग दिवश मनाइदै छ ।
चन्द्रपुरमा पनि विभिन्न कार्यक्रम गरि विश्व योग दिवस मनाइएको छ ।
प्रादेशिक आर्युवेद अस्पताल चन्द्रपुर, मुनलाईट एकेडेमि ,पतंजलि योग समिति चन्द्रपुरको सहकार्यमा शुक्रवार बिहान प्रभातफेरी गरि मुनलाईट एकेडेमिको प्राङ्गणमा पुगि अन्तराष्ट्रिय प्रोटोकल अनुसार योग अभ्यास गरि कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा सहयोग पुर्याउनुहुने सम्पुर्णमा योग साधक साधिका , शुभ चिन्तक , सहयोगी हरुलाइ हार्दिक आभार ब्यक्त गर्दछौ ।
दशौं अन्तराष्ट्रिय योग दिवस पतंजलि योग समिति चन्द्रपुरले विभिन्न कार्यक्रम गरि मनाएको अध्यक्ष अर्जुन तिमल्सेना ले जानकारी दिएका छन ।

हरेक बर्ष असार ७ गते जुन २१ तारिख मा विश्व योग दिवश मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो।
सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु