Friday, June 21, 2024

नदीजन्य पदार्थ उत्खनन गर्न जनप्रतिनिधी बिच बिवाद

पछिल्लाे समाचार


रौतहट २८ जेठ । वृन्दावन नगरपालिका स्थित वागमती नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेकाे एक्जाभेटर र टेक्टर तोडफोड भएको छ ।
केही दिन अघि देखि नदि उत्खनन को बिषयमा बिवाद हुँदै आएको थियो ।
वडा नम्वर २ का वडाध्यक्ष सिकिन्द्र पटेल र वडा नम्वर ४ का अध्यक्ष श्याम यादव सहित स्थानीय बासिन्दाहरुले आइतवार बागमती नदीमा उत्खनन गरिरहेकाे एक्जाभेटर तोडफोड गरेर क्षति पुर्याएका थिए ।
सो स्थानमा बालुवा, गिटी लोड गर्न गएको तीन वटा ट्रेक्टरमा क्षति पुर्याएको बताइएको छ ।
वडा अध्यक्षको बिपक्षमा रहेकाे आक्रोशित समुहले बलेरीखोरमा वडाध्यक्ष श्याम नन्दन यादवले संचालन गरेको राँगा भैंसी फर्ममा आगजनी गरिदिएका छन ।
वृन्दावन नगरपालिकाले गत असोज महिना देखि तीन पटक नदीजन्य पदार्थको उत्खननको लागि बोलपत्र आह्वान गर्दा कुनैपनि बोलपत्र दर्ता नभएपछि बोलपत्रलाई पुन प्रकाशन गर्न प्रमुख प्रशासकीय अधिकृत नहुदा समस्या हुँदै आएको नगरपालिकाले बताउदै आएको थियो ।
ठेक्का प्रकृयामा समस्या आएपछि जेठ ५ गते नगरपालिकाले अमानतमा उठाउने निर्णय गर्दै स्थानिय व्यवसायीलाई २० दिनको लागि २८ लाखमा ठेक्का लगाएपछि बिवाद शुरु भएको थियो ।
वडा नम्वर २ र ४ का वडाध्यक्ष गिटीबालुवाको कारोवारी रहेको र ठेक्का नपाउदा उनीहरुले बिर‍ोध गरेको मेयर पक्षको आरोप छ ।
बिवाद हुदा मेयर विनोद प्रसाद कुर्मीको जीपमा समेत आक्रमण भएको थियो ।
नेपाली कांग्रेस र नेकपा माओवादीले नदी उत्खनन अवैध भएको भन्दै विरोध जनाउँदै आएका थिए ।
गत आइतबार रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको बागमती बगरमा नगरपालिकाको स्काभेटर नदी उत्खननका लागि पुगेको थियो ।
बिरोधमा रहेका वडा अध्यक्ष तथा नेपाली कांग्रेसले भने अवैध रूपमा मेयरकै मिलोमतोमा रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको बागमती बगरबाट नदीजन्य पदार्थको उत्खनन भएको बताउदै आएका छन ।
नेकपा माओवादीबाट वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित श्याम नन्दन यादवको गाई फर्ममा आगजनी भएको हो ।
वडा अध्यक्ष यादव बागमती उत्खननको विरुद्धमा थिए ।
वडा अध्यक्ष यादवले आफ्नो गाई फर्ममा मेयर बिनोद कुर्मीका मान्छेले आगजनी गरेको आरोप लगाएका छन् । मेयर पक्षले भने वडा अध्यक्ष यादव सहितका केही व्यक्तीहरुले बागमती नदिमा रहेको स्काभेटरमा तोडफोड गरेको बताएका छन् ।
केही जनप्रतिनिधिहरूले ट्रेक्टर मार्फत नदीजन्य पदार्थ ढुवानी गर्ने सहमति भएको तर मेयरले एकलौटी स्काभेट र रिफरको प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै बिरोध गरेको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु