Friday, July 19, 2024

पौराइ बाट राजश्व छलेको सुपारी बरामद

पछिल्लाे समाचार


रौतहट, १० असार । प्रहरीले भन्सार राजस्व छलेको सुपारी बरामद गरेका छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा शनिवार मध्य राति चन्द्रपु नगरपालिका वडा नम्वर १ पौराई स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीको गस्ती टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेका यात्रुबाहक बसको डिक्कीबाट करिव एक हजार किलोग्राम सुपारी बेवारिसे अवस्थामा बरामद गरेकाे जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले गस्तीमा रहेका प्रहरीले पौराई स्थित सडक खण्डमा झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस रोकी चेकजाँच गर्दा उक्त बसका पछाडी रहेको डिकीमा राखिएको ३३ बोरा सुपारी फेला परेको जानकारी दिएकी छिन ।
बेवारिसे अवस्थामा बरामद गरिएकाे एक हजार किलोग्राम सुपारीको अन्दाजी मूल्य साढे आठ लाख रहेको र कारवाहीको लागि सुपारी राजश्व अनुसन्धान कार्यालय वाराको पथलैयाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु