Friday, June 21, 2024

फ्री बिजुली, फ्री पानी को रकम भुक्तानि

पछिल्लाे समाचार


रौतहट, २८ जेठ । मौलापुर नगरपालिका ले नगरवासी संग गरेको प्रतिबध्दता अनुसार“फ्री बिजुली, फ्री पानी” को रकम भुक्तान गरेको छ ।
मेयर साहले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई तेश्रो किस्ता वापतको रकम भुक्तान गरेकी छिन ।
मौलापुरको नगरवासीहरुले प्रयोग गरेकाे बिद्युत महसुलको तेश्रो किस्ता वापत ४५ लाख २६ हजार रकम सोमवार मेयर साहले बिद्युत प्राधिकरणको मौलापुर शाखालाई बुझाएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
नगरप्रमुख साहले बिद्युत प्राधिकरण वितरण केन्द्रका शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन । मौलापुर नगरपालिकामा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन हुदै आएको छ ।
चालु आर्थिक वर्षमा मात्रै ३ करोड़ ४३ लाख ५० हजार रकम बुझाई सकेको बताईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु