Friday, June 21, 2024

भन्सार छलेको २२ बोरा मलखाद बरामद

पछिल्लाे समाचार


रौतहट २८ जेठ ।अबैध रुपमा भन्सार छली लैजादै गरेको २२ बोरा मलखाद सहित ४ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कटहरीया रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट कटहरीया न.पा.९ स्थित भन्सार छली चोरी निकासी गरी ल्याएको (युरिया) मलखाद बरामद भएको हो ।
२२ बोरा बिआर ३० एम ०८९६ , बिआर ०६ सिबि ३३५६,, बिआर ०५ एक्यू ८६०५,बिआर ३० डब्लु ७९७१ नम्वरको मोटरसाइकल मा लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि लोड रहेको (युरिया) मलखाद छोडेर मानिस फरार रहेको र प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको मलखाद २२ बोरा बरामद गरेको छ ।
चार लाख अठार हजार सात सय बराबरको युरिया मलखाद र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा दाखिला गरेेको डिएसपि एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु