रौतहट १५ जेठ । चन्द्रपुर अस्पताल प्रालि र रौतहट जिल्ला फुटवल संघ बिच महिला फुटवल खेलाडीहरु लाई निशुल्क उपचार सेवा प्रदान गर्ने सहमती भएको छ।
महिला फुटवल एकेडेमी मा आवद्ध रहेको खेलाडी हरुलाइ रौतहट जिल्ला फुटवल संघ को सहकार्यमा चन्द्रपुर अस्पताल प्रालीले खेलाडीहरुलाइ ४ बर्ष निःशुल्क उपचार सेवा दिने सहमती भएको रौतहट जिल्ला फुटवल संघ का अध्यक्ष भगवान दर्लामीले बताएका छन ।
खेलाडी हरुको हौसल्लाह बढाउन र खेलाडीको स्वास्थ्य लाई मजबुत बनाउनका लागि दुई पक्ष बिचको सम्झौताले महत्वपुर्ण भुमिका खेल्ने चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुवाष कुमार चौधरीले बिश्वास लिएका छन ।
रौतहट जिल्ला फुटबल संघको अध्यक्ष भगवान दर्लामी लगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद अस्पतालले धन्यवाद दिएको छ ।
साथै महिला फुटवल खेलाडीहरु लाई आवश्यक पर्ने सेनिटरी प्याड आरडिसी नेपालले सहयोग गरेको छ ।
एकेडेमी मा इलाम देखि कञ्चनपुरसम्मकाे महिला फुटवल खेलाडीहरू रहेकाछन्।
रौतहट लाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र मानिन्छ ।
हाल सम्म रौतहट मा उत्पादन भएका ४० जना भन्दा बढी महिला फुटवल खेलाडीहरु नेपाल प्रहरी,शसस्त्र प्रहरी, नेपाल आर्मी टिम बाट र राष्ट्रिय टिम फुटवल खेलिसकेका छन ।