Friday, July 19, 2024

मुद्दा मिलाई दिने भनि रकम ठग्ने युवक पक्राउ

पछिल्लाे समाचार


रौतहट २९ जेठ । मुद्दा मिलाई दिने भनि रकम ठगी गर्ने एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।
केहि महिना देखि जिल्ला प्रशासन कार्यालय रौतहट गौरको परिसर अगाडी केही व्यक्तीहरुले अनुचित लेनदेनको पिडित व्यक्तीहरुलाई मिटर ब्याजको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराई दिन्छु भनी , त्यसको लागि
पचास हजार सम्म खर्च लाग्छ र उक्त रकम जिल्ला प्रशासन कार्यालय, सिडिओ र अन्य कर्मचारीहरु बीच बाडफाँड गर्नु पर्ने भनि पिडित व्यक्तीहरुबाट रकम ठगी गर्दै आईरहेको भन्ने सुचनाको आधारमा य प्रहरी टोलीले २८ गते रौतहट को गौर न.पा. वडा नं.२ स्थित जिल्ला प्रशासन कार्यालय रौतहट गौरको अगाडीबाट अनुचित लेनदेनका पिडित व्यक्तीहरुबाट रकम असुली गर्ने कार्यमा शंकास्पद देखिएका रौतहटको देवाही गोनाही न.पा.वडा नं.७ बस्ने बर्ष ४५ को भरोसी साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी
एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु