Friday, June 21, 2024

समनपुरमा नेपाली सेना द्वारा स्वास्थ्य शिविर संचालन

पछिल्लाे समाचार


रौतहट, १९ जेठ । गढीमाई नगरपालिकाको समनपुरमा नेपाली सेनाद्धारा एक दिने निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
सो शिविरमा २ हजार १ जनाले स्वास्थ्य परिक्षण गराएकाे आयोजकले जानकारी दिएका छन् ।
गढीमाई नगरपालिका वडा नम्वर १ समनपुर स्थित शंकरगुदर माध्यमिक विद्यालयमा नेपाली सेनाको वीरदल गणद्धारा शनिवार निः शुल्क स्वास्थ्य शिविरमा संचालन भएको हो ।


स्वास्थ्य शिविरमा बाल रोग, स्त्री रोग, नाक, कान, घाँटी, दिर्घ रोगी, नेत्र रोग , छाला रोग, लगायत विभिन्न रोगको परिक्षण गरिएको छ ।
दुई हजार १ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरी औषधी बितरण भएको विरदल गणका गणपति एवं प्रमुख सेनानी गंगाबहादुर विष्ट जानकारी दिएका छन ।
उक्त शिविरमा कलेज अफ मेडिकल साइन्स ( पुरानो मेडिकल कलेज) चितवन सिभिल होस्पिटल चन्द्रपुर, प्रादेशिक अस्पताल गौरका चिकित्सकहरुद्धारा विरामीहरुको स्वास्थ्य परिक्षण गरिएकाे थियो ।
शिविरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल, नेपाल आई केयर सेन्टर गौर, त्रिनेत्र आँखा अस्पताल गौरले ९ सय ७६ जना विरामीको आँखाको परिक्षण गरिएको छ ।
७८ जनालाई मोतिया विन्दु भएकाहरुलाई निशुल्क शल्यक्रिया गरिने, ३ सय ३६ जनालाई चस्मा र ३ सय ९८ जनालाई औषधी वितरण गरिएको छ ।


गढीमाई नगरपालिकाको संयोजनमा सम्पन्न भएको सो निःशुल्क स्वास्थ्य शिविरमा लाइन्स क्लव चन्द्रनिगाहपुर, लाइन्स क्लव आफ फेमिना चन्द्रपुरले सहयोग गरेकाे थियो । प्रभु बैंक गौर शाखाले चिकित्सकहरुलाई खाजा, शिविरमा आउने विरामीहरुको लागि पानी, लगायतका सामानहरु उपलब्ध गराइएको थियो ।


मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशनमा तथा २८ नम्वर बाहिनी को विशेष पहलमा आयोजना भएको शिविरमा सहायक रथी राजेन्द्रमणी गिरी, जिल्ला समन्वय समितिका सभापति रामअयोध्याय यादव, गढिमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरदल गणका गणपति गंगाबहादुर विष्ट, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, वडा अध्यक्ष राम पुकार यादव, भुपु सैनिक प्रहरी संघ रौतहटका अध्यक्ष कृष्ण खड्का,लायन्स क्लव का बिनोद गुप्ता लगाएत समाजसेवीहरु, जनप्रतिनिधीहरुको उपस्थिती रहेेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु