Sunday, April 12, 2026

कटुवा पेस्तोल सहित राहुल पक्राउ

पछिल्लाे समाचार


रौतहट १० असार । कटुवा पेस्तोल सहित राहुल राम पक्राउ परेका छन ।
रौतहट को गौर न.पा.-२ महादेवपट्टी स्थित नेपाल-भारत सीमा स्तम्भ नं. ३४४/५ नजिक सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर रौतहटबाट खटिई गएको छड्के चेकप्वाईन्टमा रहेको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर नलेखेको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको टुलबक्स भित्र लुकाई राखेको कटुवा पेस्तोल बरामद गरेको हो ।
भारतको जिल्ला सितामढी बैरगनिया-३ असोगी बस्ने अन्दाजी वर्ष २१ को राहुल राम लाई नियन्त्रणमा लिई उनको साथमा रहेको हतियार र मोबाईल सहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ । ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु