Saturday, April 11, 2026

भन्सार छलेको मोटर पार्ट्स बरामद

पछिल्लाे समाचार


चन्द्ररपुर ११ असार / प्रहरी चौकी पौराई बाट खटिएको प्रहरी गस्ती टोलिले भन्सार राजश्व छलेको मोटर पार्टस बरामद गरेको छ ।
रौतहटको चन्द्रपुर न.पा. वडा नं. १ पौराई स्थित सडक खण्डमा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश ०१-००६ ख ५२३८ नं. र लु २ ख ६८०७ नं. को यात्रुवाहक बस गाडी रोकी चेकजाँच गर्दा उक्त बस गाडीको पछाडीको डिकीमा राखिएको मोटर पार्टसका ९ काटुन र पलाष्टिकले बेरेको रोल १ वटा समेत फेला पारी उक्त सामानहरुको बारेमा सोधपुछ गर्दा कोही कसैले हक दावी नगरेकोले बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद समानको मुल्य चार लाख अन्ठाउन हजार दुई सय उनाईस मात्र बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको डीएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु