रौतहट २० असार। यहि असार ६ देखि २० सम्म चन्द्रपुरमा संचालन भएको एन्फा ‘ए’ डभिजन लिग फुटवल प्रतियोगिताको उपाधी कछडिया युवा समाज क्लव गैडाटारले हात पारेको छ ।
सो प्रतियोगिताको समापन खेलको प्रमुख अतिथी चन्द्रपुरका मेयर संजय कुमार काफ्ले रहेका थिए ।
मेयर काफ्लेले भौतिक पुर्वाधार बिकास सगै खेलकुदको बिकासका लागि नगरपालिकाले योजना बनाएर अघि बढेको बताएका छ ।
समापन कार्यक्रमको सभाध्यक्ष रौतहट जिल्ला फुटवल संघ का अध्यक्ष भगवान दर्लामीले गरेका थिए भने कार्यक्रम संचालन रौतहटका महासचिव मधुशुदन धितालले गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल फुलबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ रहेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा, एन्फा का मधेश प्रदेश अध्यक्ष नेपाल कार्की , चन्द्रपुर ६ का वडा अध्यक्ष सहदेव केसी,सँचारकर्मी संजय कार्कीले आ आफ्ना धारणा राखेका थिए ।
अखिल नेपाल फुटवल सघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ ले फुटवलमा रौतहट अगाडीरहेको बताउदै महिला फुटवल मा अहिले ३० जना खेलाडी एकेडेमि मा रहेर प्रशिक्षण लिइरहेको मा खुशि ब्यक्त गरेका छन ।
सो प्रतियोगितामा जिल्लाका १२ वटा ए डिभिजन टिम मा सहभागी रहेको महासचिव धितालले जानकारी दिएका छन ।
कार्यक्रममा केही दिन अघि निधन भएका चन्द्रपुरका पुर्व फुटवल खेलाडी रोशन कार्की प्रती श्रद्दान्जली दिईएको छ ।
सो कार्यक्रममा रौतहटको फुटवल क्षेत्र लाई अगाडि बढाउन योगदान गरेको भन्दै संचारकर्मी फणि महत र ब्यवसायी देव भण्डारी लाई सम्मान गरिएको छ ।
प्रतियोगिताको फाइनल खेलमा कछडिया युवा क्लवका जर्सि न २४ का खेलाडी राजकुमार स्याङताङ ले गोल गरेका थिए ।

