रौतहट ९ साउन। गरुडा चोकमा स्थानीय र एमालेका नेता कार्यकर्ताहरुले चक्काजाम गरेका छन् ।
एमालेका मधेस प्रदेसका नेतालाई कुटपिट गरेको घटनामा इलाका प्रहरी गरुडाले बेवास्ता गरेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । हुन् । घटनामा संलग्नलाई पक्राउ नगरेको पीडितको आरोप छ
एमाले मधेस प्रदेशका नेता सेख करिमुल्लाहलाई बुधबार राती गरुडा चोकमा बसिरहेको अवस्थामा ७/८ जनाको समूहमा आएका समुहले कुटपिट गरि भागेका थिए ।
कुटपिट गर्ने हरु पहिचान हुदा पनि प्रहरीले बेवास्ता गरेको पीडित करिमुल्लाहले जानकारी दिए ।
उनले भने,’मैले घटनाबारे इलाका प्रहरी गरुडाका डिएसपी राजकुमार त्वातीलाई जानकारी गराएको थिएँ’,उनले भने,’डिएसपी त्वातीले कुनै सुनवाइ गरेनन् ।
डिएसपी त्वातीले भने पीडितले जाहेरी नदिएर चक्का जाम गरेका छन ।