Thursday, November 14, 2024

कटहरियामा मेयर, उपमेयर निलम्वन भएपछि कार्यवाहक मेयर बन्न बिवाद

पछिल्लाे समाचार


रौतहट २२ असार । कटहरिया नगरपालिकाका मेयर ,उपमेयर , विभिन्न पदका कर्मचारी , उपभोक्ता समितीका पदाधिकारी उपर भ्रष्टाचारको मुद्दा दायर भएको छ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसमेत ११ जना उपर गत बिहिवार भ्रष्टाचार मुद्दा दायर भएको हो ।
उक्त आरोपपत्र मा भनिएको छ, कटहरिया नगरपालिका, वडा नं. २ स्थित जमुनिया वजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला रौतहट, कटहरिया नगरपालिका अन्तर्गत आ.व. २०७८/०७९ मा नगरपालिकाको वडा नं. २ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स फ्लोरिङको कार्य लागि उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी योजना सम्झौता गरी कार्य गर्दा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्ग.मी. रहेकोमा फिल्डमा ७२०.८१ वर्ग. मी. मात्र रहेको देखिएकोले फिल्डमा भए गरेको कार्य भन्दा बढी परिमाण ४७३.६० वर्ग.मी. को नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तयार गरी अनुगमन समितिवाट सोही परिमाणको कार्य सम्पन्न भएको भनी प्रतिवेदन दिई दिन लगाई सोही सिफारिसको आधारमा कम काम भएकोमा बढी काम भएको देखाई रु.१२,५२,९४१।९५ बढी भुक्तानी लिई/दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादी उपर देहाय बमोजिमको सजाय हुन माग दावी लिई विशेष अदालत मा आरोपपत्र दायर गरिएको छ।
मेयर अजय प्रकाशले कटहरिया न.पा. वडा नं. २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवन निर्माण योजना अन्तर्गतको टायल्स फ्लोरिङको कार्यमा आ.व. २०७८/०७९ मा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानवाट कार्य संचालनको लागि मिति २०७९/०२/२५ गते आफ्नो अध्यक्षतामा बैठक बसाई सरोज कुमार साहको अध्यक्षता रहने बौद्धिमाई उपभोक्ता समिति कटहरिया-२ गठन गर्ने निर्णय गरी मिति २०७९/०२/३१ गते उपभोक्ता समिति गठन भएको सम्बन्धमा पत्राचार गरेको साथै उक्त सामुदायिक भवनमा टायल्स लगाउने कार्यको योजना सम्झौता फारममा रोहबरमा वसी हस्ताक्षर गरेको र उपभोक्ता समितिलाई भए गरेको काम भन्दा बढी भुक्तानी दिने बदनियतले नगर कार्यपालिकाको कार्यालय, कटहरिया रौतहटलाई रकम भुक्तानी दिने सम्बन्धमा आफैले हस्ताक्षर गरी आफ्नै कार्यालयलाई पत्राचार गरेकोमा सोही बमोजिम रु.१२,५२,९४१।९५ उपभोक्ता समितिलाई बढी भुक्तानी भए गरेको देखिएवाट निज नगर प्रमुख अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा विगो रु.१२,५२,९४१।९५ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र विगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
सोही सिफारिसको आधारमा कम काम भएकोमा बढी काम भएको देखाई १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई/दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ।
अख्तियारले सो कार्यमा संलग्न मेयर अजय प्रकाश, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह र इन्जिनियर राजेश कुमार साह, उपमेयर रीता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश विक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलम, विरुद्ध कैद र जरिवाना सजाय को माग दाबी गरि मुद्दा दर्ता गरेको छ ।
यस्तै, बौद्धिमाई उपभोक्ता समिति का अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साह विरुद्ध समेत बिगो १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन माग दाबी गरिएको छ।
विषेश अदालतमा रिट दायर भए संगै आरोपित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी निलम्बन भएका छन् ।
यता कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवाल निलम्वन भएपछि आफू नजिकका महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेको केही वडा अध्यक्षहरुको भनाइ छ ।
गएको बिहीबार कार्वाहीमा परेका मेयर अजयप्रकाश जैसवालले राति आफ्नै घरमा बोलाएर महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका थिए ती महिला कार्यपालिका सदस्य शुक्रबार मेयरको कुर्सीमा बस्ने योजना बनाएर कटहरिया नगरपालिकामा आएकी थिइन्। तर, बहुमत नगर कार्यपालिका सदस्यहरूले विरोध गरेपछि गोप्य तरिकाले गरिएको निर्णय नगरपालिकामा दर्ता हुन नसकेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।
वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र साह, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद, ७ का अध्यक्ष महमद सहिद, ९ का अध्यक्ष रुपेश यादवसहित उपस्थित १४ जना कार्यपालिका सदस्यले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको अध्यक्षतामा नगर कार्यपालिका को बोर्डको बैठक आह्वान गर्न अनुरोध गरेका थिए।
वडा अध्यक्षहरूको अनुरोधमा उपसचिव प्रधानले शुक्रबार बेलुकी ६ बजे कार्यपालिका बोर्डको बैठक आह्वान गर्दै पत्राचार समेत गरेका थिए। पत्राचारपछि वडा ६ का अध्यक्ष जयराम चौधरीबाहेक सबै १४ जना नगरपालिकाको सभाहलमा उपस्थित हुँदा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान बैठकमा अनुपस्थित रहेका थिए।
मेयर जैसवालको दबाबको कारण उपसचिव प्रधान बैठकमा अनुपस्थित भएको वडा अध्यक्षहरूले आरोप लगाएका छन्।
उपसचिव प्रधानले मेयर-उपमेयर निलम्बित भएको अवस्थामा नियमले जे भन्छ त्यही कार्यान्वयन हुने बताउछन
निलम्वित मेयर जैसवालले नियम अनुसार कार्यबाहक मेयर बनाउन कार्यपालिकासँग स्वयम् अधिकार रहेको बताउँदै लागेको आरोपको खण्डन गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु