रौतहट, १९ असार । बर्षाको पानीले बिधालयको चौर डुवान हुदा बिधार्थीले सास्ती भोगेका छन ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित जनता प्राथमिक विद्यालय को चौर र कक्षा कोठा समेत डुबान हुुदा बिधार्थी समस्यामा परेका छन ।
पानी एक देखि दुई फिट सम्म जमेको र कक्षा कोठामा समेत पानी छिरेपछि अध्ययन एवं अध्यापन प्रभााबित बनेको सो बिधालयका प्रधानाध्यापक मुकेश चौधरीले बताएका छन ।
चौर को चारै तिर अग्लो रहेको र बिधनलय होचो जमिनमा रहेकाले पानी जम्ने गरेको उनले बताए ।
कक्षा १ देखि ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा करिव ३५० जना विद्यार्थी अध्ययन गर्ने गरेको प्रधानाध्यापक चौधरीले बताए ।
बिधालय वरिपरि पानी जमेपछि सर्पको जेखिम भएकाले र बिधार्थी तथा शिक्षक शिक्षिकाहरु लाई बिधालय आउजाउ मा समस्या भएपछि केही दिनका लागि बिदा दिएको बिधालय प्रशासनले जनाएको छ ।
सर्प, किरा फट्याँग्राहरुको डरका कारण विद्यालय बन्द गरिएको उनले बताए ।
विद्यालय हाताबाट पानीको निकास नभए सम्म विद्यालयमा अध्ययन अध्यापन गराउन चाहेरपनि नसकेको प्रअ चैधरीले बताए ।