Tuesday, November 5, 2024

बृन्दाबन नपामा मेयर र वडाअध्यक्ष बिच जाहेरीको जुहारी

पछिल्लाे समाचार

रौतहट १९ असार । वृन्दावन नगरपालिकाका मेयर बिनोद राउत कुर्मी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौरबाट पक्राउ गर्न आदेश लिएको छ ।
वृन्दावन नगरपालिका–१ स्थित राहुल माछापन्छी तथा कृषि फर्मको गोठ, घर र बाछो घाइते हुने गरी २०८१ जेठ २७ गते साँझ आगो लगाई आपरधिक गतिविधि गरेको भन्दै वृन्दावन–४ का वडाअध्यक्ष श्यामराय यादवका छोरा मुरलीधर राय यादवले मेयर कुर्मीलगायत १४ जनाविरुद्ध जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले उक्त जाहेरी दर्ता गरी अदालतबाट असार २ गते १४ जना बिरुद्द पक्राउ पुर्जीको आदेश लिएको थियो ।
इलाका प्रहरी गरुडाका डिएसपी रामेश्वर त्वातीले आगजीनको घटनामा मेयर कुर्मीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बताए ।
मेयर कुर्मी पक्षले भने जेसिबी तोडफोड गरेको भनेर वडाअध्यक्ष श्यामराय यादव, वडा २ का अध्यक्ष सिकिन्द्र पटेल, मेयरका प्रत्यासी माओवादी नेता रामप्रसाद पटेल लगायत १८ जनाविरुद्ध असार ८ गते जाहेरी दीएका थिए ।
उक्त जाहेरी पनि इलाका प्रहरीले दर्ता गरेको जनाएको छ । उक्त जाहेरी दर्ताको हल्ला पछि वडाअध्यक्ष श्यामराय यादवसहितका ब्यक्ति इलाका प्रहरी पुगेर प्रतिबाद गरेका थिए ।
डेढ सातापछि जेसिबी तोडफोड भनेर ल्याएको जाहेरी प्रहरीले नियतबश दर्ता गरेको वडाअध्यक्ष श्यामले बताए
गत जेठ १ गते नगरपालिकाले वाग्मती नदिमा नदीजन्य पदार्थ उन्खनन्‌का लागि अमानतमा स्काभेटर प्रयोग गरी ठेकेदारलाई बिक्री गरेको गुनासो थियो ।
पूर्वनगरप्रमुख रामस्नेही राय यादव, माओवादी नेता एवं नगरपालिकाका प्रत्यासी रामप्रसाद पटेल, वडाअध्यक्ष श्यामराय यादवलगायत स्थानीयहरु नियम बिपरीत नदि उत्खनन् गरेको भन्दै बिरोध मा थिए ।
ठूलो संख्यामा सुरक्षाकर्मी राखेर मेयर कुर्मीले उत्खनन्लाई निरन्तरता दिए पछि बिबादले उग्र रुप लिएको थियो ।
जिल्ला प्रशासन कार्यालमा दुबै पक्षलाई बोलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेठ २५ गते छलफल गराएका थिए।
नदीजन्य पदार्थ उत्खनन् गर्दा स्काभेटर प्रयोग नगर्ने, चक्का भएको जेसिबी प्रयोग गर्ने सहमति भएको तर मेयरले स्काभेटर प्रयोग गरेको भन्दै जेठ २७ गते केही स्थानीय पुगेर तोडफोडमा उत्रे पछि घटनाले उग्र रुपले लिएको, थियो ।
त्यसैदिन साँझ वडाअध्यक्ष श्यामराय यादवको फर्ममा आगजनी भएको थियो ।आगजनीमा गोठका केहि पशु पनि जलेको थियो ।
आगजनीको घटनामा ५४ लाख ३५ हजारको क्षति भएको जाहेरीमा उल्लेख छ ।
मेयर कुर्मीले पटक/पटक प्रतिशोध साध्ने काम गरेको र २५/३० जनाको समूहमा आएका ब्यक्तिले फर्ममा आगो लगाई दिएको जाहेरीमा उल्लेख छ ।
नगरप्रमुख कुर्मी आफै आगो लगाउने घटनामा सलग्न रहेको जाहेरवाला मुरलीधर यादवले बताए ।
मेयर कुर्मीले आगजनी घटनामा संलग्न भन्ने आरोप गलत रहेको बताए । पक्राउ पुर्जीबारे मेयर कुर्मीले इलाका प्रहरी गरुडाले बदमासी गरेको आरोप लगाएका छन ।
प्रहरीले आरोपीलाई पक्राउ नगरेको भन्दै पूर्व मेयर रामस्नेही राय यादव, वडाअध्यक्षहरु श्यामराय यादव र सिकिन्द्र पटेललगायत स्थानीयले राजनैतिक अगुवाहरुले बिरोध जनाएका छन् ।
एक साताअघि उनीहरुले इलाका प्रहरी गरुडा कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए ।
प्रहरीले मेयर कुर्मीको सहित वृन्दावन–६ का धर्मेन्द्र पटेल, हरिनारायण राउत, बैजु पटेल, शुसिल पटेल, बजरंगी पटेल, रामअशिष राउत, वडा ९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा २ सिकिन्द्र पटेल, छबिलाल पटेल, देबेन्द्र पटेल, र वडानम्बर १ का अजय पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।
यता नगरप्रमुख कुर्मीले वडा ४ का वडाअध्यक्ष श्यामराय यादव, २ का वडाअध्यक्ष सिकिन्द्र पटेल, नगर प्रत्यासी माओवादी नेता रामप्रसाद पटेललगायत १८ जनाको नाममा पनि पक्राउ पुर्जी जारी भइसकेको जनाए । इलाका प्रहरीका डिएसपी त्वातीले पनि १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु