रौतहट २० असार । चन्द्रपुरमा एक समारोहका विच मधेश प्रदेश साइक्लिङ्ग संघको गठन भएको छ ।
नेपाल साइक्लिङ्ग संंघको केन्द्रीय सदस्य तथा जिल्ला संघ र प्रदेश संघ गठन समितिका संयोजक सुदिप पौडेलको विशेष उपस्थितिमा मधेश प्रदेश १५ सदस्यीय साइक्लिङ्गको गठन गरिएको हो ।
मधेश प्रदेश अन्तर्गत वारा, रौतहट, सर्लाही, धनुषा, सिरहा र सप्तरीमा जिल्ला साइक्लिङ्ग संघको गठन भई सकेकोछ भने बाकी जिल्लामा गठनको प्रकृयामा छ।
समितीको अध्यक्ष सपूत वहादुरकार्की ,उपाध्यक्ष राम नगिना राउत, सचिव इश्वरी प्रसाद घिमिरे, कोषाध्यक्ष जय नारायण चौधरी रहनु भएकोछ भने सदस्यहरुमा यासिका गिरी, नीलम मैनाली, रामचन्द्र स्याङ्गतान, रामेश्वर वास्कोटा, प्रविण गौतम, राधिका भट्टराई, अर्जुन यादव, मधुसुदन थारु, सुमन मोक्तान, लालवावु साह र पशुपति यादव रहेका छन।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा अध्यक्ष सपूत वहादुर कार्की, उपाध्यक्ष रामनगिना राउत र सचिव इश्वरी प्रसाद घिमिरे रहेकाछन । उक्त कार्यक्रममा रौतहट जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख वीरेन्द्र ढुङ्गाना, मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।