Wednesday, April 8, 2026

अनेरास्वबियुको चन्द्रपुर नगर कमिटी गठन

पछिल्लाे समाचार

चन्द्रपुर, ८ साउन/ नेकपा एमालेको जन संगठन अनेरास्वबियुको चन्द्रपुर नगर कमिटि गठन भएको छ ।
सोमबार चन्द्रनिगाहपुरमा अनेरास्वबियुमा आबद्ध बिद्यार्थीहरुको भेलाले १७ सदस्यीय चन्द्रपुर नगर कमिटि गठन गरेको हो ।
नव गठित अनेरास्वबियु चन्द्रपुर नगर कमिटिको अध्यक्षमा सुब्बा श्रेष्ठ चयन भएका छन समितिको उपाध्यक्षमा रबि महतो छन भने सचिबमा आकाश रौनियार चयन भएको अनेरास्वबियु रौतहट जिल्ला कमिटि संयोजक करण देबकोटाले जानकारी दिएका छन ।
कमिटीको सहसचिबमा प्रमानन्द साह, सदस्यहरुमा सुरज राउत, लासाङ घलान, राम बिनय बैठा, सुदिप सुनार, राहुल महतो, जेनिस चौधरी रहेको जिल्ला संयोजक देबकोटाले जानकारी दिए ।
कार्यक्रमको खुल्ला सत्रमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले अनेरास्वबियु पार्टीको महत्वपूर्ण भातृ संगठन भएको बताएका छन ।
कार्यक्रममा नगर कमिटि सदस्य चिरिन्जीबी गौतम, राम कुमार कटुवाल, सफल उप्रेती लगायत बिद्यार्थी नेताहरुको उपस्थीती रहेको थियो ।
सो भेला अनेरास्वबियु जिल्ला संयोजक करण देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु