रौतहट २१ असार । शुक्रवार बिहान सशस्त्र प्रहरीले बोईलर कुखुराको चल्ला बरामद गरेको छ ।
रौतहट को परोहा न.पा. ८ बसिर चोक नजिकबाट सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको गस्ती टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ BR 05 M 5117 नम्बरको प्लाटिना मोटरसाईकल र साईकलहरुमा राखी ल्याउदै गरेको
एक लाख सत्तरी हजार बराबरको एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला हरु बरामद गरी जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटका पदाधिकारी तथा स्थानीयहरुको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको र बरामद भएको सवारी साधनलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण ले जानकारी दिएको छ ।


