Wednesday, February 18, 2026

झाँझ खोलामा शव फेला

पछिल्लाे समाचार


रौतहट, ८ साउन । गरुडा नगरपालिकामा एक
पुरुषको शव मंगलवार विहान फेला परेको छ ।
गरुडा नगरपालिका वडा नम्वर ५ झाँझ खोला किनारमा अन्दाजी ५० बर्षको पुरुष व्यक्तिको शव खोलामा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि सशस्त्र प्रहरीलाई खवर गरेका थिए ।
सशस्त्र वेश दुधियाभारबाट सशस्त्र प्रहरी निरीक्षक संजिकुमार सिंहको नेतृत्व र इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले झाँझ खोलामा तैरिरहेको अवस्थामाशवलाई बाहिर निकालिएर आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिएका छन ।
पहिचान नखुलेको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु