Sunday, April 5, 2026

पालिका मै उत्कृष्ठ नमुना

पछिल्लाे समाचार


चन्द्रपुर,२० असार / चन्द्रपुरमा रहेको नमुना इङ्गलिस आवासीय विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा चन्द्रपुर नगरपालिकामा सर्वोकृष्ट भएको छ ।
चन्द्रपुर नगरपालिका बाट एसइइमा सामुदायिक विद्यालयतर्फ १२ वटा मावि र संस्थागत विद्यालयहरूबाट ११ वटा मावि का बिधार्थी सहभागी थिए ।
शत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर नमुना इङ्गलिस आवासीय विद्यालय चन्द्रपुरकै उत्कृष्ट विद्यालय बनेको हो ।
एसइइमा सो विद्यालयबाट ३९ जना विद्यार्थी परिक्षामा सम्मिलित थिए ।
बिधालयका सबै विद्यार्थी उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले जानकारी दिएका छन ।
नमुनाले स्थापना कालदेखिनै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट नतिजा ल्याउन विद्यालय कृयाशिल रहेको उनले बताए ।
नमुना विद्यालयका सञ्चालक लक्ष्मी श्रेष्ठले विद्यार्थीहरूको कडा मेहनत, लगनशीलता र शिक्षक कर्मचारी र अभिभावकको साथ, सहयोग र सहकार्यबाट नतिजा सफल आएको बताइन ।
चन्द्रपुर ५ मा रहेको नमुना इङ्गलिस आवासीय विद्यालयले अहिलेको समयले मागेको शिक्षालाइ ध्यान मा राखेर पठनपाठन गराउदै आएको अभिभावकहरुले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु