रौतहट २० असार। गुजरा नपाको परसवा र सिमरा भवानीपुरको विचमा रहेको लमाहा पुल अलपत्र हुदा आवतजावतमा समस्या हुँदै आएको छ ।
पानी परेर खोलामा बाढी आउदा आवतजावत बन्द हुने गरेको स्थानिय बताउछन ।
उतर तर्फ जंगल क्षेत्रमा पानी परेपछि वाढीले दर्जनों गाउँको आवागमन रोकिने गरेको छ।
केही यात्रीहरु जोखिम मोलेर निकै कठिनाइका विचमा खोला तर्दै आएका छन ।
सो खोला सानै भए पनि गहिरो र तीव्र बेगमा बग्ने भएकोले बेला बेला मानिस र मोटरसाइकललाई बगाएर लैजाने गरेको
स्थानिय बताउछन ।
पुल बन्न सुरु भएको वर्षों बिते पनि निर्माण सकिएको छैन ।
दैनिक सयौ सवारी साधन र यात्री आवतजावत गर्ने बाटो बिग्रदा धेरैले दुख पाएको उनीहरु बताउछन ।
सडक डिभिजन कार्यालयको लापरवाहीको कारण पुलको निमर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।
सडक डिभिजन कार्यालयले भने बजेटको अभावमा पुलको निर्माण कार्य अगाडि बढ्न नसकेको जनाएको छ ।
डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर तथा सूचना अधिकारी शिवनारायण प्रसाद साहले बजेटको अभावमा यस वर्ष पुल निर्माणको काम अगाडि बढ्न नसकेको बताए ।
उनले ठेकेदारको लापरवाहीले नभइ, बजेट अभाव ले पुल निर्माण हुन नसकेको बताए ।
पान्डे एन्ड ड्रेगन कम्पनीले पुल निर्माणको ठेक्का लिएको र निर्माण कार्य विचैमा रोकिएपछि स्थानीयलाई निकै सास्ती भएको बताइएको छ ।


