Wednesday, April 8, 2026

आमाको हत्या आरोपमा मनोज पक्राउ

पछिल्लाे समाचार


रौतहट २३ असार। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।
असार ५ गते बिहान राजदेवी नगरपालिका वडा नं. १ पथरा टोल बस्ने मनोज साहले दाजु भाई बिचको अंशको विवादका कारण आफ्नै आमा ६९ बर्षिया राधा देवी साह को हत्लाया गरेको आरोपमा पकाउ परेका छन ।
आफ्नै घर कोठा भित्र सिलौटोको लोहोरोले टाउकोमा प्रहार गरी कर्तव्य गरी फरार भएका मनोज लाई प्रहरीले पक्राउ गरेको हो ।
खोजतलास गर्ने क्रममा मनोजकी श्रीमती, आफन्त तथा परिवारका अन्य सदस्यहरुसंग सम्पर्क तथा भेटघाट गरी श्रीमती मार्फत फरार प्रतिवादी मनोज साहसंग सम्पर्क गरी ” फरार रहेको अवस्थाको जोखिम तथा हाजिर भई अनुसन्धानमा सहयोग गरे पछिको अवस्था ” बारे कानूनी परामर्श दिए पछि फरार प्रतिवादी मनोज साह आइतवार जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए ।
उनलाइ कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु