Wednesday, April 8, 2026

छुरा प्रहार गर्ने ३ जना पक्राउ

पछिल्लाे समाचार


रौतहट २१ असार । ज्यान मार्ने नियतले छुरा प्रहार गर्ने ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिवार राति ८ बजे तिर गौर नगरपालिका वडा नं. ३ गौर राईस मिलको पश्चिमतर्फको सडकमा रौतहटको गौर नगरपालिका वडा नं. ३ बस्ने बर्ष १६ को सुरज प्रसाद यादव लाइ मित्रा कलेजमा अध्ययनरत बर्ष १६ को अभिनाश कुमार यादव, ईशनाथ नगरपालिका वडा नं. ९ बस्ने बर्ष १८ को संजिव गुप्ता, बर्ष २१ को प्रदिप साह र परोहा नगरपालिका वडा नं. ९ बस्ने बर्ष १८ को शिवम कुमार सहनीले केही दिन पहिला बिधालय पढ्न जाँदा एकले अर्कालाई आँखा तरेरेर हेरेको निहुँमा एक आपसमा रिसिईवी रहेको कारणले छुरा प्रहार गरी गम्भिर घाईते बनाई भागेको र उनीहरु बसेको घरको कोठामा फेला पारी पक्राउ गरी ज्यान मार्ने उधोगमा जिल्ला अदालत, रौतहटबाट म्याद थप भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु