Wednesday, April 8, 2026

५ करोड बराबरको राजस्व संकलन

पछिल्लाे समाचार


रौतहट ९ साउन । एक बर्षको अबधीमा प्रहरीले पाँच करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको जनाएको छ ।
समान ओसारपसारमा प्रयोग भएका १ सय ४९ वटा सवारीसाधन नियन्त्रणमा समेत लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले एक वर्षमा विभिन्न घटनामा संलग्न १ हजार ४ सय ३ जनालाई पक्राउ गरेको छ
लागूऔषध, कर्तव्यज्यान, जालीनोट, श्रोत नखुलेको रकम ओसारपसार, हातहतियार, भन्सार छली तस्करी, प्राकृतिक श्रोत साधन अपचलन, वनपैदावार लगायत मुद्दामा ७ सय१५ जनालाई पक्राउ गरेका छन ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका ६ सय ८८ जनालाई पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिइन् ।
गएको आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा भन्सार राजस्व छलेर नेपाल भित्र्याएको विभिन्न किसिमका सामानहरु जिल्ला प्रहरी र मातहतका युनिटहरुले बरामद गरी ४ करोड ९१ लाख ९३ हजार ४ सय ५६ रुपैयाँ राजस्व दाखिला गरेको छ ।
त्यस्तै, अवैध समान ओसारपसारमा प्रयोग भएका २ वटा ट्रक, ४ वटा बोलेरो, २ वटा टेम्पो, १ सय १६ मोटरसाइकल र २९ वटा साइकल बरामद गरी गौर भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरेको जनाएको छ ।
आर्थिक वर्ष ०८०/०८१ मा प्रहरीले हुन्डी कारोबारीबाट ३० लाख ६५ हजार ६ सय ६० रुपैयाँ बरामद गरेको छ । बिभिन्न घटनामा १ हजार ७७ वटा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएका छन् भने ५ हजार ७७ ठाडो उजुरी परेकोमा ४ हजार २ सय उजुरीको मिलापत्र भएको छ । एक वर्षको अवधिमा ३३ वटा लागूऔषध मुद्दा दर्ता भएको छ ।
प्रहरीले ११ थान अवैध हातहतियार फेला पारेको छ भने अवैध रुपमा सञ्चालित १ सय २६ रक्सीभट्टी नष्ट गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु