Monday, October 7, 2024

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिन सञ्चालनमा

पछिल्लाे समाचार


रौतहट २५ साउन । चन्द्रनिगाहपुर सरकारी अस्पतालले अत्याधुनिक डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ।
पाँच सय एमएको एक्सरे मेशिन डीआर सिस्टमको को रहेको अस्पतालका रेडियोग्राफर दीपेन्द्र झाले बताएका छन ।
पहिलेको एक्सरे मेशिनमा दैनिक १० जना सम्म मात्रको एक्सरे हुने हुँदा बिरामीको चाप रहेको बेला सेवाग्रहीलेसमस्या भोग्नुपरेको थियो।
शुक्रबार एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकाका नगर मेयर सञ्जय कुमार काफ्लेले नयाँ डिजिटल एक्सरेको उद्घाटन गरेसँगै सेवा सुविधामा सहज हुने भएको हो।
उक्त अस्पतालमा एक्सरे मेसिन सहित गर्भवती महिलाहरूको लागि मल्टिफन्कसनल डिजिटल युएसजी ( भिडियो एक्सरे) मेसिन र अटोमेटेड हेमाटोलोजी एनालाइजर मेशिन फाइभ पार्ट समेत सञ्चालनमा ल्याएको ल्याएको छ ।
चन्द्रपुर नगरपालिकाको सहयोगमा बहुउपयोगी मेशिनहरु अस्पतालमा उपलब्ध भएपछि सुलभ दरमा सहज रूपले सेवा प्रवाह हुने भएको छ ।
अस्पतालमा ल्याइएका तीन वटा महत्वपुर्ण उपकरणहरूको एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफले र उपप्रमुख जयमाला चौधरीले पूजा गरेर उदघाटन गरेका हुन्।
अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका मेयर सञ्जय कुमार काफलेले अस्पतालबाट हुने सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिन आफू प्रतिबद्ध रहेको बताएका छन ।
डिजिटल एक्सरे मेशिन र ल्याबमा प्रयोग हुने एनालाइजर मेसिनका सम्पूर्ण सरसामान तथा पार्टपुर्जा जडान गरी दैनिक रुपमा सेवा दिन थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अभिनन्दन श्रीबास्तबले जनाए ।
ल्याब मेसिनबाट सिबीसी टेस्ट लगायतको जाँचहरु छिटो गर्नमा मद्दत पुग्ने र सही डाटा दिनमा समेत मेसिन सहयोगी हुने भएको छ ।
चन्द्रनिगाहपुर अस्पतालमा डा. श्रीवास्तव सहित ६ जना अनुभबी डाक्टरहरुबाट नियमित सेबा प्रदान हुदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु