रौतहट, २३ साउन । लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका किशोरको शव फेेला परेको छ ।
चार दिनपछि राजपुर नगरपालिका स्थित वैरिया पुल छेउमा शव फेला परेका हो ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर ४ बस्ने १६ बर्षिय सचिनकुमार यादव साउन शव फेला परेको हो ।
गत १९ गते लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर बेपता यादवको शव साउन २२ गते साँझ घटना स्थलबाट चार किलोमिटर दक्षिण राजपुर नपाको बैरिया पुल छेउमा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ ।


