रौतहट, २६ साउन । सशस्त्र प्रहरीले रौतहटको बौधीमाई नगरपालिका बाट श्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेक छ।
बौधीमाई नगरपालिका वडा नम्वर ७ स्थित अरुवा खोला क्षेत्र भएर आउदै गरेका विआर ३० एएफ ६९३८ नम्वरको मोटरसाइकलमा सवार भारत विहार राज्यको सीतामढी वैरगनिया वडा नम्वर ३ अशोगी गाउँका ३४ बर्षिय युवक रबीन्द्र कुमारलाई सशसत्र प्रहरीले २ लाख ११ हजार ८४० रुपैया सहित शुक्रवार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनियाँ रौतहटले जनाएको हो ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणबाट खटिका टोलीले पक्राउ परेको छ ।
बाइकको सीटमुनी लुकाए राखिएका श्रोत नखुलेको रुपैया सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले बताए ।
श्रोत खुल्न नसकेको रकम सहित भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको एसपी हुमागाईले बताएका छन ।
भारतीय नम्वरको बाइकको डेढ लाख मूल्याँकन गर्दा ३ लाख ६१ हजा ८४० रुपैया कायम गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।


