Monday, December 9, 2024

एकीकृत साकोसको १६ औं बार्षिक साधारणसभा सम्पन्न

पछिल्लाे समाचार

रौतहट २४,कार्तिक । एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलमको प्रमुख आतिथ्यमा शनिवार गोल्डेन  ब्यान्केटमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पानसमा बती बालेर गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि  आलमले अहिले शहकारीलाई व्यवस्थित रुपमा संचालन गर्न धेरै चुनौती रहेकोले सहकारीको नीति नियमलाई आत्मसाथ गरि संचालन गर्न आवश्यक रहेको वताउनुभयो । पछिल्लो समयमा केही खराव नियतका व्यक्तिहरुका कारण सहकारीहरु प्रति शेयर सदस्यहरुको विश्वास हराउदै गएको प्रमुख अतिथि आलमले जनाए ।
सभामा साकोसका अध्यक्ष कृष्ण बहादुर खड्काले २०८०/०८१ को प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष ऋषवदेव आचार्यले आव २०८१/८२ को अनुमानित आय व्यव विवरण प्रस्तुत गरेका हुन । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक जगदिप चौधरीली आव ०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको २ हजार ३ सय सेयर सदस्य छन् ।  साकोसको कुल कारोबार  ८ करोड रूपैयाँभन्दा बढीको रहेको छ । 
साकोसको १ करोड १७ लाख ५ हजार ५ सय रूपैयाँ सेयर पुँजी, ५ करोड ६६ लाख ४२ हजार २ सय ९८ रूपैयाँ बचत संकलन गरी करिब  ६ करोड ४३ लाख ९९ हजार १ सय ४० रूपैयाँ ऋण लगानी रहेको साकोसले जनाएको छ । सभाका सदस्य नवराज विष्टले शुभकामना मन्तव्य राखेका कार्यक्रमको संचालन कुल बहादुर क्षेत्रीले गरेका थिए । साधारण सभाको अवसरमा उत्कृष्ट वाल वचततर्फ स्वरुप तिमल्सिना , उत्कृष्ट बचतकर्ता धनमाया कामी, उत्कृष्ट ऋणकर्ता लगायत एकल महिला, जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु