मुकेश कुमार साह,रौतहट २८ कार्तिक । जीवन विज्ञान ध्यान योग केन्द्र चन्द्रपुरले मृगौला पीडित सुजाता कार्कीलाई आर्थिक सहयोग गरेको छ । बुधवार पिडितको घर चन्द्रपुर-४ जङ्गलटोलमा पुगी जिवन बिज्ञानले आर्थिक सहयोग गरेको हो । देउसी भैलो खेलेर संकलन गरेको रकमबाट मृगौला पिडित कार्कीलाई रु १८ हजार सहयोग गरिएको संस्थाका मधेस प्रदेश संयोजक शैलेश पौडेलले बताए ।
परिवारको आर्थिक अवस्था कमजोर भएपछि कार्कीको उपचारार्थमा सहयोग पुर्याउने उद्देश्यले देउसि भैलो बाट संकलन भएको रकमले सहयोग गरेको संयोजक पौडेलको भनाई छ । ध्यान योग केन्द्रले स्थापना भएदेखीनै बिभीन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै पौडेलले पैसा उठाएर रमाईलो गरेर सक्नु भन्दा दिन दुःखीहरुको सेवामा खर्च गर्नु महान काम भएको बताए ।
आगामी दिनमा दुखी, गरीबी र असहायहरुलाई पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरे । देउसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको वडा न.४ का अध्यक्ष प्रत्यासी बिनोद दुलालले बताए ।
देउसीभैलो खेलेर भोजभतेर गर्ने तथा रमाइलो गरेर मात्र खर्च गर्ने परम्परालाई तोडेर समाज विकास र दुःखी गरिवीलाई सहयोग गर्ने नयाँ कार्यको शुरुवात गरेकोमा यसबाट अरुले पनि सिक्नुपर्ने वडा प्रत्यासी दुलालले
धारणा राखे । मृगौला पिडित कार्कीको उपचारमा सहयोग हुने उदेश्यले केहि दिन पहिले भिटेन लगायतका कलाकारहरु द्वारा कन्सर्ट समेत गरिएको थियो ।