राैतहट,१४ गते मंसिर । रौतहटको गुजरा नगरपालिकाका उपमेयर रत्न लामाको मनोमानी बढ्दै गएको स्थानीयले आरोप लगाएका छन् । अनुगमन समितिका संयोजक भएर पनि नियम कानुनको धज्जी उडाई आफ्नै मनलाग्दी कार्य गर्ने गरेको स्थानीयले आरोप लगाएका हुन । उपमेयरको गृह गाउ रहेको वडा नम्बर ४ जंगलसैयामा उपभोक्ता समिति नबन्दै विकास निर्माणकाे काम सम्पन्न भएपछि स्थानीयहरूले त्यसकाे विराेध गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा कालाेपत्र हुँदै चमार टाेल सम्म बाटाे ढलान कार्य अन्दाजी करिब १ सय ७५ मिटर गरिएको छ । साे वडाका कार्यवाहक वडा अध्यक्ष शेख जफिरका अनुसार आफूले गत मंसिर ०६ गते उपभोक्ता समिति गठनका लागि सूचना निकालेको बताए । कार्यवाहक वडा अध्यक्ष जफिरले सुचनामा मंसिर १३ गते उपभोक्ता समिति गठनका लागि उल्लेख भएपनि गुजरा नगरपालिकाकि उपमेयर लामाका श्रीमानले मनलाग्दी तरिकाले ढलान कार्य सम्पन्न गराएकाे आराेप लगाएका छन् ।
यता स्थानीय चुनचुन जयसवालले नगरपालिकाकाे अनुगमन समितिका संयाेजक भएर पनि नियम संगत काम नगरि कानुनको धज्जी उडाउनु लज्जास्पद रहेको बताएका छन् ।
यस्तो कार्य उपमेयर जस्तो व्यक्ति बाट हुनु नपर्ने भएपनि उहाँ बाट यस्तो कार्य हुनु गलत रहेकाे जयसवालकाे भनाइ छ ।
यस विषयमा उपमेयर रत्ना लामाले वडा अध्यक्षले समयमा उपभोक्ता समिति गठन गरेर नदिएकाे कारण यस्तो हुन गएकाे बताएकी छिन् ।
हिजो बिहीबार उपभोक्ता समिति गठन गर्न बैठक बसेपनि सहमति हुन नसकेकाे स्राेतले जनाएको छ ।
यता नेपाली कांग्रेसबाट उपमेयर पदमा निर्वाचित भएकी उनको आफ्नै पार्टीका कार्यकर्ताबाटै बिरोध हुन थालेका छन । उपमेयरको मनलाग्दीकै कारण पार्टी नै बदनाम हुन थालेको भन्दै काङ्ग्रेसका एक नेताले चिन्ता व्यक्त गरेका छन । अब गुजरा नगरपालिकाले सो कार्यको भुक्तानी कसरी गर्छ भन्ने चासोको बिषय बनेको छ । यस बिषयमा अख्तियारमा समेत मुद्दा परेको श्रोतले बताएका छन ।यसभन्दा अगाडि गुजरा नगरपालिका वडा नं–४ जंगलसहिया बजारमा पनी उपमेयर लामाले २० लाखको योजना छुट्याएर मनलाग्दी बिना इस्टमिट बिना कार्यआदेशको विकास निर्माणको काम सम्पन्न गरेर कागज मिलाएर नगरपालिकाबाट भुक्तानी लिएका थिए ।