Wednesday, February 18, 2026

ईसेवा र शिभिल हस्पिटलको सहयोगमा स्वास्थ शिविर

पछिल्लाे समाचार

रौतहट २०,मङ्सिर । रौतहटको चन्द्रपुर नगरपालिका -५ स्थित मुन लाईट एकेडेमी विद्यालय चन्द्रनिगाहपुरमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । ईसेवा नेपाल र शिभिल हयुमन हस्पिटलको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान घाँटी, मुख, आँखा, सुगर, लगायतको जाँच गरिएको छ । शिविरमा ३०० जना छात्र-छात्राले सेवा लिएको ईसेवाका प्रतिनिधी भुवन आचार्यले जानकारी दिए । ‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।’ उनले भने,‘शिविरबाट बिद्यालयको धेरै जनाले सेवा पाएका छन् ।’विद्यार्थीहरूको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको सिभिल हस्पिटलका संचालक राजन साहले बताए । ‘उपचारका लागि अस्पतालमा जान समय नभ्याउने बिद्यार्थीका लागि बिद्यालयमा नै गएर शिविर सञ्चालन गरिएको हो ।’ उनले भने,‘यसबाट धेरैले स्वास्थ्य लाभ लिएका छन् ।’
शिविरमा एमविविएस डा. चन्दन साह र बालरोग विशेषज्ञ डा. दिपक यादवले चेकजाच गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु