मुकेश कुमार साह,रौतहट १६ फाल्गुण । रौतहटको चन्द्रपुर नगरपालिका-४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं स्थापना दिवस सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बसन्त कुमार आचार्यको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमको उद्घाटन नेफस्कुन मधेस प्रदेशकी संचालक सदस्य शोभा राउतले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि राउतले
सहकारी संस्थाहरू समाजको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । चन्द्रोदय साकोसले १७ वर्षको यात्रामा बचत तथा ऋण व्यवस्थापन मात्रै नभई समुदायको सशक्तीकरण र सामाजिक उत्तरदायित्वमा पनि उल्लेखनीय योगदान पुर्याएको उहाँले बताउनुभयो । सहकारी अभियानलाई अझ सशक्त बनाउन आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रमहरू ल्याउनेमा आफु विश्वास्त रहेको राउतको भनाई रहेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष आचार्यले चन्द्रोदय साकोसको १७ वर्षे यात्राबारे प्रकाश पार्दै आगामी दिनहरूमा मानव सेवा तथा सदस्यहरूको आत्मनिर्भरतातर्फ कटिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी अतिथिहरूले सहकारी क्षेत्रको महत्व र चन्द्रोदय साकोसको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा सहकारी अभियान,शिक्षा,स्वास्थ्य,खेलकुद,कोरियोग्राफी तथा अन्य क्षेत्रहरूमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल,चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे शेख आलम, श्री जनजागृति माध्यमिक बिद्यालयका प्रधानाध्यापक शत्रुधन प्रसाद साह, चन्द्रपुर अस्पताल प्रा लि का संचालक डा. सुवास चौधरी, चन्द्रपुर अस्पतालका चिकित्सक डा.रामजि राम, तेक्वान्दो खेलाडी केनिस खड्का,कोरियोग्राफर आशिष लामा, चन्द्रोदय साकोसका कर्मचारी शुभ नारायण चौधरी लगायतलाई प्रशंसा पत्र तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल,नेफस्कुन सदस्य सेवा कार्यालय हरिवन सर्लाही उपसमिति सदस्य देव बहादुर सापकोटा,चन्द्रपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष निलहरी कोइराला, चन्द्रपुर वडा नं. ६ का वडा अध्यक्ष सहदेब केसी,राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा प्रमुख रुपा थापा,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की,बिन्दबासिनी साकोसका अध्यक्ष गोबिन्द कोइराला,सृष्टि साकोसका अध्यक्ष राम विश्वास पासवान,नव विकास साकोसका अध्यक्ष राजेन्द्र तिवारी,बागमती साकोसका अध्यक्ष समीर बाबु कार्की,संकल्प साकोसका अध्यक्ष गणेश पौडेल लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बासुदेव अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका प्रमुख व्यवस्थापक कृष्ण लाल थापाले कार्यक्रम संचालन गर्नुभएको थियो ।