मुकेश कुमार साह,रौतहट ३० माघ – टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आज चन्द्रपुरमा आयोजित एक विशेष कार्यक्रम मार्फत ‘अनस्टपेबल फ्रिडम’ अभियानको औपचारिक अनावरण गरेको छ । यो अभियान टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भी एफडी र अपाचे आरटीआर १६० २ भी रीफ्रेश बीटी मोडेलका लागि ल्याइएको हो । जसअन्तर्गत २ वर्षसम्म समस्या रहित लिमिटलेस राइडको सुविधा प्रदान गरिने बताईएको छ ।
कार्यक्रम गणपति अटो एन्ड सेन्टरको सोरुममा सम्पन्न कार्यक्रमको अध्यक्षता सेन्टरका सञ्चालक रामहरि पण्डितले ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वीकृति मैनालीले गर्नुभएको थियो ।
जगदम्बा मोटर्सले बाइक पारखीहरूलाई २ वर्षसम्म निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिस प्रदान गर्दै रु. ३१,०००/- सम्मको बचतको अवसर दिने जनाएको छ। यो योजनाले ग्राहकहरूलाई सहज, सुरक्षित र चिन्तारहित यात्राको अनुभव दिने विश्वास कम्पनीको रहेको संचालक पण्डितले बताए ।
पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले जगदम्बा मोटर्सले ग्राहकलाई लक्षित गर्दै नयाँ-नयाँ योजना ल्याउनु सकारात्मक कदम भएको बताउँदै, आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा सुविधा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट ह्यान्डलिङको संयोजनमार्फत ग्राहकहरूको मन जित्दै आएको छ। कम्पनीले आफ्नो सम्पूर्ण बाइक वा स्कुटरमा आजीवन वारेन्टीको सुविधा समेत प्रदान गर्ने जानकारी दिएको छ।
नेपालभर १४० भन्दा बढी डिलर नेटवर्क रहेको जगदम्बा मोटर्सले टीभीएसलाई नेपालको सर्वाधिक रुचाइएको टू-विलर ब्रान्डका रूपमा स्थापित गरेको दाबी गरेको छ। यस अफर तथा अन्य योजनाबारे थप जानकारीका लागि ग्राहकहरू नेपालभरका टीभीएस डिलरशिपहरूमा सम्पर्क गर्न सक्नेछन्।
कार्यक्रममा पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की, प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश तिमल्सिना, वरिष्ठ पत्रकार अशोक पहाडी, पत्रकार सन्तोष काफ्ले, पत्रकार रुपेन्द्र पटेल, सरोज मिश्र, चन्द्रपुर मोटरसाइकल ट्रेड युनियनका अध्यक्ष शिव चरण चौधरी,सल्लाहकार बलिराम चौधरी, मोटरसाइकल व्यवसायी तथा मोटरसाइकल मिस्त्रीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ आकर्षक अफरहरू प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गरेको थियो ।