Tuesday, May 20, 2025

पत्रकार महतको उपचारका लागि चन्द्रोदय साकोसका कर्मचारीद्वारा आर्थिक सहयोग

पछिल्लाे समाचार

रौतहट २०,फाल्गुण । ब्रेन ट्युमर रोगबाट पीडित वरिष्ठ पत्रकार फणिदेव महतको उपचारका लागि चन्द्रोदय साकोसका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । संस्थामा कार्यरत ११ जना कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको रु ९ हजार ५ सय संकलन गरी सहयोग प्रदान गरेका हुन्।
मंगलबार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्यले महतलाई उक्त रकम हस्तान्तरण गरे। यस अवसरमा उनले सहयोगले महतको उपचारका क्रममा आर्थिक भारलाई केही हदसम्म कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनीहरूले महतको बिगतको सक्रिय पत्रकारिताको चर्चा गर्दै हाल उनी गम्भीर रोगबाट ग्रसित भएकाले थप सहयोग आवश्यक रहेको औंल्याए । कार्यक्रममा उपस्थित सबैले पत्रकार महतको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै थप सहयोग जुटाउन पहल गर्ने समेत बताए ।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका महत विभिन्न सञ्चारमाध्यममा सक्रिय रहँदै आएका छन् । नेपाल तथा भारतका अस्पतालहरूमा उपचार गराइरहेका उनलाई आर्थिक अभावका कारण थप समस्या भइरहेको छ ।
संस्थाका कर्मचारीहरूले सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने सोचका साथ रकम संकलन गरेको बताउँदै सबैलाई सहयोगका लागि आग्रह समेत गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष रामशरण गौतम, प्रमुख व्यवस्थापक कृष्णलाल थापा र व्यवस्थापक शुभ नारायण चौधरीको पनि उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु