Tuesday, May 20, 2025

ब्रेन ट्युमरपीडित पत्रकार महतलाई चन्द्रपुर अस्पतालद्वारा ५० हजार सहयोग

पछिल्लाे समाचार

रौतहट २०,फाल्गुण । ब्रेन ट्युमर रोगबाट पीडित रौतहटका पत्रकार फणिदेव महतलाई चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सञ्चालक डा. सुवास चौधरीले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अस्पतालका सम्पूर्ण कर्मचारीहरूले आफ्नो एक दिनको तलब महतको उपचारका लागि सहयोग गरेका हुन् । साथै, अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले पत्रकार महतको उपचारका लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील महत आर्थिक रूपमा कमजोर रहेका कारण उपचारमा कठिनाइ भोगिरहेका छन् । कार्यक्रममा रौतहटका विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु