Thursday, June 12, 2025

रौतहटमा लायन्स क्लबका दुई दिने कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १७ फाल्गुण । रौतहटमा लायन्स इन्टरनेशनल जिल्ला ३२५ एच, एमडी नेपालको अन्तर्गत दुई दिने कार्यक्रम सम्पन्न भएको छ। शुकवार चार्टर प्रदान तथा पदस्थापन समारोह आयोजना गरिएको थियो भने शनिवार तेस्रो नियमित जिल्ला क्याबिनेट बैठक सम्पन्न भएको हो ।
गौतम होटल चन्द्रपुरमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ रौतहट चन्द्रपुर मेडिकोस र लायन्स क्लब अफ रौतहट चन्द्रपुर प्राइडलाई आधिकारिक रूपमा चार्टर प्रदान गरिएको छ । क्लब स्थापनासँगै नवगठित नेतृत्वलाई पदस्थापन गर्दै उनीहरूलाई सामाजिक सेवामा सक्रिय रूपमा लाग्ने जिम्मेवारी दिईएको हो । यस अवसरमा लायन्स क्लबप्रति पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पूर्व जिल्ला गभर्नरहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उनीहरूलाई दुबोको माला र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको तालिका अनुसार शनिवार तेस्रो नियमित जिल्ला क्याबिनेट बैठक गरिएको थियो ।
बैठकमा वार्षिक योजना, सेवा कार्यक्रम, सदस्यता विस्तार, आर्थिक व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो । लायन्स क्लबहरूको सामाजिक सेवा अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विविध योजना पारित गरिएको थियो ।
कार्यक्रमले रौतहटमा लायन्स क्लबको प्रभावलाई अझ मजबुत बनाउँदै सामाजिक सेवामा योगदान पुर्‍याउने लक्ष्य राखेको आयोजकहरूले बताएका छन् ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन विमल होडा, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू दिनेश प्रसाद श्रेष्ठ, शम्भु बहादुर थापा, पंकज प्रधान, भरत प्रसाद ढुंगेल, शिवराम प्रधान, रविन्द्र बहादुर प्रधान, उद्धव शिलवाल, डिष्ट्रिक्ट चिफ लायन दीपक कुमार रेग्मी, जोन चेयरपर्सनहरू शेख अजहरुदिन र कुन्ता कुमारी दाहाल, साथै चार्टर प्रेसिडेन्टहरू वसिम अख्तर, डा. सुवास कुमार चौधरी, कृष्ण बहादुर खड्का र राजन श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ रौतहट चन्द्रनिगाहपुर, लायन्स क्लब अफ रौतहट चन्द्रपुर ग्रीन सिटी, लायन्स क्लब अफ रौतहट चन्द्रपुर फेमिना, लायन्स क्लब अफ रौतहट चन्द्रपुर, लायन्स क्लब अफ चन्द्रनिगाहपुर ग्रेटर, लायन्स क्लब अफ रौतहट समनपुर र लायन्स क्लब अफ रौतहट भिजन नेपालको संयुक्त आयोजना तथा लायन्स क्लब अफ रौतहट मेडिकोसको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु