Monday, May 19, 2025

गुजरा ५ मा प्रदेशको योजना चलाउन हानथाप , वडा कार्यालयमा तालाबन्दी

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ०४ बैशाख । गुजरा नगरपालिका–५ मा योजना चलाउन हानथाप भएपछी बिवाद भएको छ । सो वडाको लागी मधेश प्रदेशबाट बिनियोजित बजेट कसले चलाउने बिषयमा विवाद भएको हो । सो वडाका वडा अध्यक्ष शेख जमालुदिनले विना सूचना उपभोक्ता समिति गठन गरिएको आरोपमा बिभिन्न दलका प्रतिनिधिले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । वडाध्यक्ष जमालुदिनले समिति गठनमा मनोमानी गरेको भन्दै उनिहरुले  तालाबन्दी गरेका हुन । 

प्रदेश सरकारबाट  लक्ष्मीपुरदेखि घागी खोलासम्मको स्तरोन्नतिको लागी बिनियोजित ३५ लाखको  बजेटमा कसैलाई जानकारी नदिई एकलौटी रूपमा उपभोक्ता समिति गठन गरिएको आरोप वडाध्यक्ष शेख जमालुदिनमाथि स्थानियले लगाएको छ  । 

यस्तै सोहि वडामा रहेको हरिहरपुर स्वास्थ्य चौकीको भवन निर्माणको लागि आएको बजेटमा भने यसपटक विगतको गल्ती नदोहोर्याउने भन्दै सार्वजनिक भेला आयोजना गरिएको थियो ।

प्रदेश सरकारबाट सो भवन निर्माणको लागी  २५ लाख रुपैयाँ बिनियोजित भएको छ । उक्त भवन निर्माणको लागी   स्वास्थ्य चौकीको प्राङ्गणमै सर्वपक्षीय सहमतिमा उपभोक्ता समिति गठन गर्ने उद्देश्यले बैठक बसेपनि भेलामा सहमति जुट्न नसकेपछि विवाद चर्किएर झै झगडाको रुप लिएको थियो । विवादका क्रममा सेख कमरुदिन घाइते भएका थिए ।

नेपाली कांग्रेसका वाजिद अली, नेकपा एसका आलम बक्सिद, माओवादी केन्द्रका आस मोहम्मद मन्सुरी, जसपाका आरिफ मिया दर्जी लगायतका स्थानीय नेताहरूले वडाध्यक्षले निरन्तर रूपमा मनोमानी गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

विवाद चुलिँदै गएपछि प्रहरी-प्रशासनको रोहवरमा  वडाको कार्यालयमा तालाबन्दी गरिएको छ। करिव एक हप्ता देखी कार्यालय बन्द हुँदा सेवा लिन आएका नागरिक समस्यामा परेका छन् । नागरिकता सिफारिसका लागि पुगेका स्थानीय आविद हुसेनले भने, “वडामा काम नहुँदा हामी सर्वसाधारणले दुःख पाएका छौं।”

यस विषयमा वडा अध्यक्ष गम्भीर हुनुपर्ने सेवाग्राहीको भनाई छ । 
यता वडाध्यक्ष शेख जमालुदिनले आफुमाथी लागेको आरोपलाई खण्डन गर्दै भने, “समिति सहमतिमा बनाउने हो, तर तालाबन्दी गर्नु समाधान होइन।” 
बिकासको काममा कोहि बाधक बन्न नहुने उनको तर्क छ । 

विवाद समाधानको लागि बुधबार गुजराका नगर प्रमुख सन्तलाल चौधरीको निवासमा बसेको सर्वपक्षीय बैठक पनि निष्कर्षविहीन बनेपछि समस्या झन पेचिलो बन्दै गएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु