रौतहट २५, चैत । रौतहट बचत तथा ऋण सहकारी संघको आयोजनामा तथा देव बचत तथा ऋण सहकारी संस्था गौरको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गौरमा रहेका प्रारम्भिक सहकारी संस्थाहरूमाझ आयोजित उक्त कार्यक्रम सहकारीहरूलाई चलायमान बनाउने उद्देश्यका साथ सम्पन्न गरिएको हो ।
कार्यक्रमको क्रममा सहकारीहरूको प्रभावकारी सञ्चालन, तालिम तथा दक्षता अभिवृद्धि लगायतका विषयमा सशक्त छलफल गरिएको थियो । अन्तरक्रियाबाट प्राप्त सकारात्मक सुझावहरूलाई संघले प्राथमिकतामा राखेर आगामी दिनमा योजना बनाउने संघका अध्यक्ष बिभु पोखरेलले बताए ।
संघले गौरमा रहेका सहकारीहरूलाई अझ सशक्त बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्दै प्रारम्भिक रूपमा ३ वटा सहकारी संस्थाले संघमा आबद्ध हुने घोषणा गरेका छन् ।