Monday, May 19, 2025

चन्द्रपुरमा निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न, २४३ जनाले लिए सेवा

पछिल्लाे समाचार


मुकेश कुमार साह,रौतहट २३ चैत । नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा चन्द्रपुरमा एक दिने निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त शिविरमा कुल २४३ जनाले सेवा लिएका छन्।
शिविरमा रामरेवती प्रतिष्ठान र हिमालयन पोलिक्लिनिकको सहकार्य रहेको थियो भने प्राविधिक सहयोग इम्प्याक्ट नेपाल रौतहटले गरेको हो । विगत १४ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कान स्वास्थ्य शिविर सहकारी संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पहलको रूपमा लिइएको सेवाग्राहीले बताएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय युवराज भट्टराईले यस्ता सामाजिक अभियानहरू सहकारी क्षेत्रको आर्थिक सीमाभन्दा बाहिर गएर समुदायप्रतिको समर्पणको जीवित उदाहरण भएको उल्लेख गरे ।

कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष रामविश्वास पासवान,चन्द्रदोय साकोसका अध्यक्ष बसन्त आचार्य, संकल्प साकोसका अध्यक्ष गणेश पौडेल हातेमालो साकोसका अध्यक्ष दीपक घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
शिविर समापन कार्यक्रमको अध्यक्षता राजेन्द्र तिवारीले गरेका थिए भने सञ्चालन सचिव दिनेश मैनालीले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु