Monday, May 19, 2025

नेपाली कांग्रेस रौतहटको विद्यार्थी विभाग प्रमुखमा चौलागाईं मनोनित

पछिल्लाे समाचार

रौतहट ७, वैशाख – नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटले विद्यार्थी विभागको प्रमुखमा श्यामहरी चौलागाईंलाई मनोनयन गरेको छ। राजनीतिक रूपमा सक्रिय र विद्यार्थी आन्दोलनमा लामो अनुभव संगालेका चौलागाईंलाई पार्टीले सो जिम्मेवारी दिएको हो।
चौलागाईंलाई  कांग्रेसको विधान २०७६ को दफा ४८ (७) अनुसार  जिल्ला कार्यसमितिको विद्यार्थी विभाग संयोजक पदमा मनोनयन गरिएको छ । नेपाली कांग्रेसभित्र सक्रिय युवाशक्ति र संगठन निर्माणमा उल्लेखनीय भूमिका खेल्दै आएका चौलागाईंको नेतृत्वमा अब विद्यार्थी विभागले थप सशक्त र नीतिगत रूपमा सबल भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उनले विद्यार्थीको हकहित संरक्षण, शैक्षिक सुधार, र समग्र युवा विकासमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको मनोनयनप्रति जिल्लाभरिका युवा विद्यार्थी तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु