Monday, May 19, 2025

रौतहटको गुजरा–३ मा फुटबल मैदान स्तरोन्नतिको शिलान्यास

पछिल्लाे समाचार

रौतहट १९,बैशाख । मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलसहित पशुपति टोलमा निर्माण हुन लागेको फुटबल मैदानको स्तरोन्नति कार्यको शिलान्यास गरिएको छ ।
नेकपा (एमाले)का युवा नेता हरिबंश मैनालीको विशेष पहलमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित २५ लाख रुपैयाँको बजेटबाट मैदान स्तरोन्नति कार्य अघि बढाइएको हो ।
कार्यक्रममा वक्ताहरूले युवाहरूलाई खेलकुदमा सक्रिय बनाउन यस्ता पूर्वाधारले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । स्थानीय तहमा खेलकुद संरचनाको विकासमार्फत सामाजिक एकता र अनुशासनको सन्देश फैलिने धारणा समेत व्यक्त गरिएको थियो । शिलान्यास कार्यक्रममा नेकपा (एमाले)का नेता तथा पूर्वराज्यमन्त्री नागेन्द्र यादव, गुजरा नगरपालिकाका मेयर पदका सम्भावित उम्मेदवार हरिबंश मैनाली, क्षेत्रीय संयोजक युबराज ज्ञवाली, मदन भण्डारी फाउन्डेसनका जिल्ला उपाध्यक्ष शेख जमालुदिन, पार्टी नगर अध्यक्ष जयराम चौधरी, सचिव रामबाबु चौधरी, वडा नं. ४ का अध्यक्ष झमक प्रसाद चौलागाईं, युवा नेता निराजन पुरी र बिक्रम अस्तानीलगायतको उपस्थिति रहेको थियो ।


शिलान्याससँगै मैदान स्तरोन्नति कार्य शीघ्र प्रारम्भ हुने र गुणस्तरीय रूपमा सम्पन्न गरिने आयोजनाकारहरूले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु