Tuesday, February 17, 2026

अभियान कन्सल्टेन्सी पराजित, श्री देवी सेमिफाइनल प्रवेश

पछिल्लाे समाचार

रौतहट २९,बैशाख । जय नेपाल कप टी–२० अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत रौतहट जिल्लामा जारी लिग चरणको अन्तिम खेलमा श्री देवी सीटीईभीटी कलेजले अभियान एजुकेसन कन्सल्टेन्सीलाई चार विकेटले पराजित गर्दै विजयी भएको छ।

चन्द्रपुर नगरपालिका–८ स्थित कोटी होमको खेलमैदानमा सम्पन्न उक्त खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अभियान एजुकेसन कन्सल्टेन्सीले १८.१ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै जम्मा ८५ रनको स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्री देवी सीटीईभीटी कलेजले १४.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै सहज जित दर्ता गर्यो।

यसै खेलसँगै प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेलहरू सम्पन्न भइसकेका छन्। समुह ‘ए’ बाट मध्य रौतहट बहुमुखी क्याम्पस, गरुडा विजेता बन्दै र गौरीशंकर यादव बहुमुखी क्याम्पस, गौर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। त्यस्तै, समुह ‘बी’ बाट सिन्धुरेघारी बहुमुखी क्याम्पस विजेता र श्री देवी सीटीईभीटी क्याम्पस उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गरेका छन्।

प्रतियोगिताका सेमिफाइनल खेलहरू चन्द्रपुरकै कोटी होम खेलमैदानमा आगामी दिनहरूमा सम्पन्न हुने आयोजक समितिले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु